सुनको भाउ तोलाको ६५ हजार

काठमाडौं : पछिल्लो समय सुनको भाउमा उतारचढाव हुने क्रम बढेको छ । नेपाली बजारमा मंगलबार नयाँ रेकर्ड बनाएको सुनको भाउमा बुधबार पुनः गिरावट आएको छ । बुधबार सुन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो भाउ मंगलबारको तुलनामा ५ सय रुपैयाँले थोरै हो । मंगलबार छापावाल सुनको भाउ अहिलेसम्मकै उच्च प्रतितोला ६५ हजार ५ सय रुपैयाँ पुगेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ चुलिएसँगै नेपाली बजारमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा तेजाबी सुन पनि प्रतितोला ६४ हजार ७०० रुपैयाँ र चाँदी प्रतितोला ७३५ रुपैयाँमा कारोबार भएको छ । असार लागेसँगै सुनको भाउ थप उचाइमा पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here