सुनको भाउ तोलाको ७० हजार

काठमाडौं / बिहिबार सुनको भाउ तोलामा ७० हजार पुगेको छ ।केहिदिनयता निरन्तर बढीरहेको सुनको भाउ बुधबार एकैचाटी १५ बढेको थियो बिहिबार तोलाको ५ सय रुपैयाँ बढेको छ ।यस्तै आज तेजावी सुनको मूल्य पनि तोलाको ५ सय बढेर ६९ हजार ७ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ८ सय २५ पुगेको छ । यसअघि ८ सय १० मा कारोबार भइरहेको चाँदी आज तोलामा १५ रुपैयाँ बढेको हो ।महासंघकाअनुसार अन्तर्राष्ट्रिय अर्थतन्त्र कमजोर भएको कारण र अन्तर्राष्ट्रिय स्तरमा भएको अस्थिरता र द्वन्द्व बढ्दा नेपालका सुनको मूल्यमा प्रभाव परिरहेको छ ।यो समस्या तत्काल समाधान हुने नदेखिएका कारण सुनको भाउ अझै बढ्न सक्ने महासंघको अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here