सुनको मूल्य ७० हजार ८ सय

काठमाडौं । पाँच दिनदेखि सुनको मूल्य निरन्तर ओरालो लागेको छ  । गत बिहीबार प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको सुन त्यसयता निरन्तर ओरालो लागेर मंगलबारसम्म आइपुग्दा प्रतितोला ७० हजार ८ सय रुपैयाँमा झरेको छ । 

यसैबीच नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुन प्रतितोला ७० हजार ८ सय र तेजावी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँ निर्धारण गरेको बताएको छ । 

सुनसँगै चाँदीको मूल्य पनि निरन्तर ओरालो लागेको छ । गएको बिहीबार प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबारसम्म आइपुग्दा तोलामा २० रुपैयाँ घटेको छ । आजको लागि चाँदी प्रतितोला ८ सय ३० रुपैयाँ कायम गरिएको महासंघले जानकारी दिएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here