आज सुनको मूल्य कति छ ?

काठमाडौं । पाँच दिनदेखि सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार गत बुधबारदेखि बजारमा सुनको मूल्य स्थिर रहेको हो । 

पाँचौ दिनदेखि बजारमा छापावाल सुन प्रतितोला ७१ हजार छ सय र तेजावी सुन प्रतितोला ७१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ भने आज पनि सोहि स्थिर मूल्यमा सुनको कारोबार भइरहेको महासंघले जानकारी दिएको हो ।

यता, गत मंगलबारदेखि स्थिर मूल्य ८५० रुपैयाँमा कारोबार भएको चाँदी भने आज प्रतितोला पाँच रुपैयाँ वृद्धि भएर तोलाको ८५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here