काठमाडौं / बुधबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन ६ सय रुपैयाले बढेर प्रतितोला ७२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ।
मंगलबार तोलामा ७२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ७२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।यस्तै चाँदी पनि मंगलबारको तुलनामा रु १० बढेर तोलामा ८८५ रुपैयाँमा कारोबार भएको छ।