नवनियुक्त गभर्नर अधिकारीले लिए शपथ, आजै पदभार

काठमाडौं : नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले पदभार ग्रहण गरेका छन् । सर्वोच्च अदालतका प्रधानन्यायाधिश चोलेन्द्र शम्सेर राणाबाट पद तथा गोपनियताको सपथ गरे लगत्तै आज राष्ट्र बैंक पुगेर अधिकारी पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै नवनियुक्त अधिकारीले कोरोना भाइरसको असर अध्ययन गर्न एउटा समिति बनाउने पहिलो निर्णय गरेका छन् । उक्त समितिले नीतिगत व्यवस्था गर्न सुझाव समेत दिने बताइएको छ ।

नवनियुक्त गभर्नर अधिकारीलाई डेपुटी गभर्नरद्वय चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठसहित कर्मचारीले स्वागत गरेका थिए । उनी सोमबार नेपाल सरकारबाट राष्ट्र बैंकको १७ औं गभर्नरको रुपमा नियुक्त भएका थिए ।

राष्ट्र बैंकमा यसअघि ३० वर्ष काम गरेर ४ वर्षअघि बाहिरिएका अधिकारी गभर्नरको रुपमा फेरि प्रवेश गरेका हुन् । उनले पाँच वर्ष राष्ट्र बैंकको नेतृत्व गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here