सुनको मूल्य बढ्यो

११ साउन । कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि अप्रत्यासित रुपमा बढेको छ ।

गत शुक्रबार प्रतितोला रु ९५ हजार ८०० मा कारोवार भएको पहेंलो धातुमा आज रु ५०० ले वृद्धि भएको छ । आज बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ३०० कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु ९५ हजार ८६० निर्धारण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here