काठमाडौ । सुनको मूल्यले फेरि नयाँ रेकर्ड राखेको छ । केही दिनदेखि लगातार बढेको सुनको मूल्य आज फेरि ७ सयले बढेको छ । सोमबार प्रतितोला ९७ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज ७ सयले बढेर तोलाको ९८ हजार २ सय पुगेको छ । यो अहिलेसम्मकै महँगो हो । यस्तै चाँदीको मुल्यमा पनि वृद्धि भएको छ । आज प्रतितोला ३५ रुपैयाँले बढेर १ हजार २४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढिरहेको महासंघले जनाएको छ।