घुस लिएको अभियोगमा नायब सुब्बा पक्राउ

काठमाडौं । सेवाग्राहीसँग घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका नायब सुब्बा सरोज रोकालाई शुक्रवार पक्राउ गरेको छ ।

आयोगका प्रवक्रा प्रदीपकुमार कोइरालाका अनुसार मेडिकल सेन्टर सेवा विस्तार गर्ने प्रयोजनका लागि निमायनुसार गर्नुपर्ने काममा बाहना बनाइ रू. २२ हजार घुस माग्दै गरेको अवस्थामा नायब सुब्बा रोकालाई पक्राउ गरिएको हो ।

सेवाग्राहीको उजुरीका आधारमा नायब सुब्बा रोकालाई पक्राउ गरिएको र आरोपीमाथि थप अनुसन्धान भइरहेको आयोगले जानकारी दिएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here