काठमाडौँमा बर्डफ्लु भेट्टियो, मुलुकभर नै उच्च शतर्कता अपनाउन आग्रह

काठमाडौं । काठमाडौंको ताकेश्वरमा बर्डफ्लु भेटिएको छ । मकवानपुरमा बर्डफ्लु भेटिएको केही दिनपछि नै काठमाडौंका दुई कुखुरा पोल्ट्रीफार्ममा बर्डफ्लु भेटिएको हो ।  तारकेश्वर–७ स्थित बस्नेत टोलका श्यामसुन्दर बस्नेतको सागर पोल्ट्रीफार्म र श्यामकुमार बस्नेतको आकाश पोल्ट्रीफार्मका कुखरामा बर्डफ्लु भेटिएको छ । त्यहाँ रहेका २८ हजार कुखुरा नष्ट गरिएको नगर पशु शाखा प्रमुख डा. जयप्रकाश राय यादवले जानकारी दिए । उनका अनुसार गतवर्ष पनि यहाँका हाँसमा बर्डफ्लुको संक्रमण देखिएको थियो । पुनः कुखुरामा संक्रमण देखिएका कारण अहिलेसम्मको अध्ययनबाट पत्ता लगाउन नसकेको उनले बताए ।

बर्डफ्लु भएको पुष्टि भएपछि सो प्रभावित क्षेत्रमा रहेका पोल्ट्रीफार्मका कुखुरा नष्ट गर्ने काम भइरहेको छ । अन्य पोल्ट्रीफार्मका कुखुरामा पनि बर्डफ्लुको लक्षण देखिन थालेकाले परीक्षणका लागि पठाइसकिएको बताइएको छ । प्रमुख यादवका अनुसार चार किल्लाभित्रका पन्छी नष्ट गरी खाडलमा पुरिएकोे छ । खाली रहेका खोरलाई पनि सरसफाइ गरी औषधि छरिएको छ । बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्काेन स्प्रे’ छर्ने काम भइरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here