काठमाडौं, १३चैत । सन् २०१९ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यको सुचीमा काठमाडौं १९ औं स्थानमा परेको छ । घुमफिर र यात्राबारे विस्तृत विवरण प्रदान गर्ने सभवतः विश्वकै सबैभन्दा ठुलो अमेरिकी ‘ट्रभल साइट‘ ट्रिप एडभाइजर डटकमले नेपालको राजधानीलाई यो वर्ष भ्रमण गर्नेपर्ने १९ औं उत्कृष्ट पर्यटकीय गन्तव्यको सुचीमा समावेश गरेको हो
ट्रिप एडभाइजर डटकमले काठमाडोैं उपत्यका र आसपासका धार्मिक एवं ऐतिहासिकस्थल, वातुकलायुक्त अनुपम भवन, सङ्ग्रहालय, मठमनिदर, चन्द्रागिरी, नगरकोट, शिवपुरी निकुनज, विभिन्न उद्यानका साथै विशव सम्पदा सुचीमा सुचीकृतस्थल हरेक यात्रीले हेर्नेैपर्ने स्थानका रुपमा समावेश गरेको छ । बौद्दनाथ, कपन गुम्बा, पशुपतिनाथ, केशरमहलस्थित स्वपन्न उद्यान, काठमाडौं, ललितपुर, भक्तपुर दरबार क्षेत्रका साथै ठमेललगायत स्थानलाई दर्शनीयस्थलका रुपमा उक्त सायटमा चित्रण गरिएको छ ।
संयुक्त अधिराज्यको राजधानी लण्डनलाई पहिलो नम्बरमा समावेश गरिएको छ भने फ्रान्सको पेरिस दोस्रो, इटलीको रोम तेस्रो, ग्रीसको क्रेट चोँथो र इण्डोनेशियाको बाली पाँचौ नम्बरमा छन् । उक्त साइटले घुम्नेपर्ने शहरको सुचीमा दुबईलाई १०औं र संयुक्त राज्य अमेरिकाको महानगर न्युयोर्कलाई १३अौं स्थानमा राखेको छ ।