बरा,चैत १७ । आईतवार आएको भिषण आँधी हुरीमा परेर बारामा ३० जनाको मृत्यु भएको छ ।जिल्लाका विभिन्न स्थानमा आएको आँधी हुरीमा परेर २४ जनाको मृत्यु भएको हो ।
आँधीका कारण घरमा रुख ढलेको र घर भत्किँदा पुरिएएर त्यति धेरै जनाको ज्यान गएको २ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी हरिबहादुर पालले जानकारी दिए ।
मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । आँधीमा परेर दर्जनौ घर भत्केका छन् भने
४०० बढी घाइते भएका छन् । उनले हावाहुरीका कारण व्यापक जनधनको क्षति भएको भन्दै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली सेनासहितको टोलीले उद्दार जारी राखेको जानकारी दिए ।