उच्च अदालतका १७ न्यायाधीशले लिए सपथ

काठमाडौं, २७ चैत । उच्च अदालतको न्यायाधीश सिफारिस गरेका १७ जनाले शपथ लिएका छन् । उनीहरुलाई प्रधान्यायाधीश चोलेन्द्रशमसेर राणाले शपग ग्रहण गराएका हुन् ।

एक हप्ता अघि न्यापरिषद्ले सिफारिस गरेका १७ न्यायाधिशले बुधबार सर्वोच्च अदालतमा आयोजित एक कार्यक्रमकाबीच पद तथा गोपनियताको शपथ लिएका हुन् ।

न्यायपरिषदले उच्च अदालतका लागि १८ न्यायाधीश सिफारिस गरेको थियो । उच्च अदालतमा वैशाख ३ गते खाली हुने पदका लागि पनि पहिलै सिफारिस गरिएको हो । १८ मध्ये एक जना न्यायाधीशले उक्त पद खाली भएपछि नियुक्ति पाउने गरी सिफारिस गरिएको हो ।

नायब महान्यायाधीवक्ता किरण पौडेल, सर्वोच्चका रजिष्ट्रार महेन्द्रनाथ उपाध्याय, सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव रमेश ढकाल नियुक्त भएका छन् ।

यसअघि पुनरावेदन अदालतमा अतिरक्त न्यायाधीश बनेकी निलम पौडेल, सर्लाही जिल्ला अदालतका न्यायाधीश राजेशकुमार काफ्ले, रौतहटका लेखनाथ ढकाल, चितवनका कुलप्रसाद शर्मा, भक्तपुरका मोहम्मद जुनेद आजाद, ललितपुरका बालमुकुन्द दवाडी, पर्साका नगेन्द्रलाल कर्ण उच्च अदालतका न्यायाधीश भएका छन् ।

अधिवक्ताहरू जगतबहादुर थापा, सरलाकुमारी पाण्डे, विमल सुवेदी, रेणुका शाह, डालकुमार खड्का, उज्जवल शुक्ल र नवराज थपलिया न्यायाधीश सिफारिस भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here