‘पूर्वराजा’ को गाडीले ठक्कर दिंदा एकको मृत्यु, एक जना घाइते

काठमाडौं, २८ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीको ठक्करबाट मोरङमा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

पूर्व राजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थल पुर्‍याएर फर्किएको गाडीको ठक्करबाट एकको मृत्यु भएको हो भने एक जना घाइते भएका छन् ।

गए राति पूर्व राजा ज्ञानेन्द्र शाहलाई मोरङ विमानस्थल छाडेर फर्किएको बा ३ च ७९६२ नम्बरको कारले को १५ प ९९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोरङको सुन्दरहरैंचा–४, विराटचोकका २२ वर्षीय हेम चौधरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, मोरङका डीएसपी घनश्याम श्रेष्ठका अनुसार घटनामा मोटरसाइकल पछाडि सवार २२ वर्षीय प्रकाश चौधरी घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

ठक्कर दिने गाडी सशस्त्र प्रहरी बलका जवान दीपेन्द्रप्रसाद लम्सालले चलाएका थिए । प्रहरी स्रोतका अनुसार, गाडी पूर्वराजा ज्ञानेन्द्रले पूर्वमा बस्दा प्रयोग गर्ने गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here