नेपालमा पब्जी खेलमा लाग्यो प्रतिवन्ध

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल प्रतिबन्ध लगाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो । 

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले प्रहरीको आग्रहमा आजै इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने कार्य लागि रोक्नका लागि पत्र पठाइएको जानकारी दिएका छन् ।

पछिल्लो समय युवापुस्तामा लोकप्रिय रहेको पब्जीको लतका कारण युवाहरु आफ्नो व्यक्तिगत कामहरुबाट टाढा हुँदै गएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here