काठमाडौं । निजगढमा बनाउने प्रस्ताव गरिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ६ वटा कम्पनीले प्रस्ताव पेश गरेका छन् । आवेदन दिने समय अझै १ महिना थप गरिएको बताइएको छ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन ३ खर्ब ३० अर्ब भन्दा बढी रुपैयाँ ९३ अर्ब अमेरिकी डलर) प्रस्ताव गरिएको छ । सरकारले गत महिना गरेको लगानी सम्मेलनमार्फ ६ वटा कम्पनीले लगानी प्रस्ताव गरेको लगानी बोर्डले जनाएको छ । सरकारले लगानी सम्मेलनमा ७७ वटा परियोजना शोकेस गरेको थियो ।
प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ६ वटा कम्पनीहरुले लगानी प्रस्ताव गरेका हुन् । उक्त विमानस्थल निर्माण क्षेत्रमा हालसम्म तारबार लगाउने काम मात्र भएको छ ।
यसअघि निजगढ विमानस्थल निर्माणका लागि कतार सरकारले समेत प्रस्ताव गरेको थियो । ६ कम्पनी मध्ये कतारी कम्पनी छ वा छैन त्यस विषयमा भने लगानी बोर्डले केही खुलाएको छैन ।