आज भियतनाम र कम्बोडिया भ्रमणमा जाँदै प्रधानमन्त्री ओली, पर्यटन ब्यापारका लागि

काठमाडौ । नेपालको पर्यटन लगायतको महत्वपुर्ण प्रस्तावहरु लिएर प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणमा निस्किनुभएको छ । भियतनाम र कम्बोडियाको साता व्यापी (बैशाख २६ देखि जेठ १) भ्रमणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओली त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

बिहान ११ बजे नेपाल वायुसेवा निगमको चार्टर्ड विमानमार्फत भियतनाम प्रस्थान गर्नुभएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । भ्रमणका क्रममा ५ दिन भियतनाम र २ दिन कम्बोडिया रहने जनाइएको छ । प्रधानमन्त्री ओली सुरुमा भियतनाम पुग्नुहुनेछ ।

जहाँ उहाँ वैशाख २६–३० गतेसम्म व्यस्त रहने कार्यक्रम रहेको छ । त्यहाँ रहँदा उहाँले भियतनामका आफ्ना समकक्षी फुकसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँले नेशनल एसेम्बेलीका अध्यक्षसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँको ह नाम प्रान्तमा आयोजना हुने अन्तरराष्ट्रिय वैशाख दिवस तथा हो चि मिह्न राष्ट्रिय राजनीति प्रतिष्ठान र नेपाल–भियतनाम व्यवसाय मञ्चलाई सम्बोधन गर्नुहुने भएको छ । दुई देशबीच द्विपक्षीय सम्बन्ध प्रगाढ पार्न केही सम्झौतासमेत हुनेछन् ।

प्रधानमन्त्री ओली भियनतामको भ्रमण सकाएर जेठ ३० गते नै उतैबाट कम्बोडिया जाने जनाइएको छ । त्यहाँ उहाँले आफ्ना समकक्षी हुन सेन, नेशनल एसेम्बली र सिनेटका अध्यक्षसँग भेट गर्ने कार्यक्रम रहेको छ । कम्बोडियामा रहँदा पनि द्विपक्षीय हित प्रवर्द्धनलगायत विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here