काठमाडौ । पछिल्ला दिनहरुमा नेपालमा नागरिकताको विषय पेचिलो बन्दै गएको छ । नेपाल–भारत खुल्ला सीमा भएका कारण धेरै भारतीयहरु नेपाल आएको आशंका रहेको छ । यो बिचमा अहिले झनै डरलाग्दो तथ्य फेला परेको छ ।
कपिलवस्तुको यशोधरा गाँउपालिका ५ का वडा अध्यक्ष लहिश पठान नै भारतीय नागरिक भएको पाइएको छ । उनीसँग भारत सरकारले आफ्ना नागरिकलाई दिने आधार कार्ड र नेपाल सरकारले आफ्ना नागरिकलाई दिने नेपाली नागरिकता दुवै भेटिएको छ ।
लहिश पठानले भातरबाट नइम खानका नाममा आधार कार्ड लिएका छन् । भारतमा बाबुको नाममा रफिक खान लेखाएका छन् । यिनै व्यक्तिले नेपालमा कपिलवस्तु जिल्लाबाट बाबुको नाम जमिल पठान उल्लेख गरेर लहिश पठानको नाममा नेपाली नागरिकता पनि लिएका छन् ।
अहिले उनी वडा कार्यालयमा वडा अध्यक्षका रुपमा काम गरिरहेका छन् । नेपाल र भारतको नागरिकताको बिषयमा कुरा गर्दा आफूलाई फसाउन कोही व्यक्तिले बनाइदिएको हुन सक्ने भन्दै उनी टार्न खोज्दैछन् । कसैले उनलाई दोहोर नागरिकताको प्रमाण पेश गरेपछि भने बोल्दैनन् ।
यो बिषयमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले छानबिन गरिरहेको जानकारी दिएको छ । उनी विरुद्ध दोहार नागरिकता मुद्धा चलिरहेको प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पोखरेलले जानकारी दिनुभयो ।