सगरमाथाको उचाई नाप्न गएको प्राविधिक टोली, उचाइको टुङ्गो ६ महिनापछि मात्र

काठमाडौं। सगरमाथा मापनका लागि चढेको नापी विभागको प्राविधिक टोली सगरमाथाको चुचुरोमा पुगेको छ। बुधबार बिहान ३ बजे टोली चुचुरोमा पुगेको नापी विभागका सगरमाथा उचाई मापन सचिवालयका प्रमुख सुशील डंगोलले बताए। मङ्गलवार दिउँसो टोली साउथ कोलबाट चुचुरोतर्फ लागेको थियो। टोलीले चुचुरोमा पुगेको जानकारी आधारशिबिरबाट प्राप्त भएको र थप जानकारी आउन बाकी नै रहेको  डंगोलले बताए। मापन टोली सोमबार सगरमाथाको साउथ कोलमा पुगेर विश्राम गरेको थियो। 

नापी विभागका प्राविधिक खिमलाल गौतमको नेतृत्वमा पाचजना मापनका लागि सगरमाथा आरोहण गरेका छन्।  प्राबिधिक गौतम तथा रबिन कार्की ,सहयोगी तीनजना शेर्पा र एक गाइड गरी पाचजना त्यसतर्फ लागेका हुन। आधारशिबिरसम्म सगरमाथा उचाईका लागि चारजना कर्मचारी पुगेकोमा दूई जनामात्रै सगरमाथाको उचाइतर्फ लागेका हुन।

चारजना कर्मचारीको टोली काठमाडौँबाट चैत २७ गते आधार शिविर पुगेको थियो। मापनका लागि गएको टोलीले करिब एक महिनासम्म त्यहाँको वातावरणमा आफूलाई अनुकूलन गराएका थिए। सगरमाथा मापनका लागि जीएनएसएस रिसिभर र जीपीआर नाम गरेका उपकरण चुचुरोमा लगिएको थियो। उपकरणसहित चुचरोमा पुगेको टोली र नियन्त्रण बिन्दुमा रहने प्राविधिकबीच एउटै समयमा नाप लिनुपर्ने हुन्छ। यसका लागि सगरमाथाको आठवटा बिन्दूमा मापन गर्ने कार्य भइरहेको छ।

सगरमाथाको लेबलिङ्ग सर्बेक्षणका लागि सोलुखुम्बु , पिके, पाताले र छुल्याम्हमा काम भइरहेको छ। यसका लागि तल रहेका आठवटा बिन्दुमा पनि प्रावधिक खटिएका छन्। नियन्त्रण विन्दुमा भएका प्राविधिक र चुचुरोमा भएकाबीच स्याटेलाइटबाट सूचना आदानप्रदान र सम्पर्क हुने व्यवस्था मिलाइएको छ। नेपालले पहिलो पटक गरेको सगरमाथाको मापनको  यकिन  उचाइ भने छ महिनापछि मात्र आउनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here