विहारकुन्डमा एक चोटी हैना दोस्रो चोटी डकैति

जनकपुरधाम-८,बिगत केहि वर्ष पछाडी धार्मिक स्थल  विहारकुन्ड स्वर्गीय महन्त रामपुकार दास को मन्दिरमा यसरीनै पाँच जना को समुह मा २०५६ भाद्रा ८ गते रामपुकार दासलाई हत्या गरिएको थियो। छानबिन अनुसार वहा को हत्यारा निज वहा  को आफ्नै साथीहरु जमिन को बिबात मा हत्या गरिएको थियो।  पुस्टि भएको थियो।

जनकपुरधाममा प्रहरी र भारतीय डाँका समूहबीच गए राति मुठभेड हुँदा एक जना घाइते भएका छन् । जनकपुरधाम-८ स्थित विहारकुन्ड मन्दीरमा डकैती गर्ने उद्देश्यले आएका भारतीय समूहले प्रहरीमाथि गोली प्रहार गरेको थियो । जवाफी कारबाहीमा प्रहरीको गोली लागेर एक भारतीय घाइते भएका छन् । धनुषा प्रहरीका एसपी शेखर खनालका अनुसार एक भारतीयको खुट्टामा तीन गोली लागेको छ । प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । 

प्रदेश नम्बर २ का डीआईजी हरि पालकाअनुसार उनीहरु डकैती गर्ने उद्देश्यले आएका थिए । पालले भने,‘‘उनीहरु मन्दिरको बहुमुल्य धातु, रकमलगायत लुट्न आएपछि हामी पहिले नै मन्दिर क्षेत्रमा पोजिसन लिएर बसेका थियौं । उनीहरु आएपछि समात्न खोज्दा प्रहरीमाथि नै गोली प्रहार गरे, हामीले जवाफी कारवाही गर्‍यो । उनीहरुको पृष्ठभूमि पनि अपराधिक नै रहेछ ।’’ पक्राउ परेका डाँका भारत बिहारस्थित समस्तीपुर क्षेत्रको रहेको खुलेको छ ।

डीआइजी पालका अनुसार सात जनालाई घटनास्थल र एक जनालाई महोत्तरीस्थित भारतीय सीमा नजिकबाट पक्राउ गरिएको हो । प्रहरीले उनीहरूको साथबाट पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान र ६ राउन्ड गोली बरामद गरेको छ ।
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here