काठमाडौँ । मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व इदुल फित्रको दिन सार्वजनिक विदा हुने भएको छ ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले यो उक्त दिन बिदा दिने निर्णय पहिला नै गरेको भए पनि निर्णय भए पनि दिन भने तोकिएको थिएन ।
मुस्लिम धर्मावलम्बीहरुले यही २३ गते इदुल फित्र मनाउँदैछन् । एक महिनासम्म चल्ने यो पर्वलाई मुसलमानहरुले रमजान पनि भन्ने गरेका छन् ।
रमजान महिनामा मुसलमानहरुको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएकाले यस महिनालाई पवित्र महिनाका रुपमा पनि लिने गरिन्छ ।