दुध सर्केर ज्यान गएको हो, ६ जना पक्राउ प्रशासन र पीडित परिवारबीच वार्ता हुँदै

काठमाडौं । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि अस्पतालमा तनाब सुरु भएको छ । भरतपुर अस्पतालमा उपचारका क्रममा बालकको मृत्यु भएपछि तनाव भएको हो ।

रौतहटको चन्द्रपुर नगरपालिका–५ का १४ महिने युदिन वस्नेतको उपचारका क्रममा मृत्यु भएपछि अस्पतालमा तनाव भएको जनाइएको छ । बस्नेतलाई अस्वस्थ भएपछि गत मंगलबार दिउँसो साढे १२ बजे अस्पताल भर्ना गरिएको थियो ।

निमोनियका कारण उपचारका लागि जेठ १४ गते भरतपुर अस्पताल ल्याइएका बालकको उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको थियो।

बालकले आमाको दूध खाने समयमा दूध सर्किएर मृत्यु भएको अस्पतालले जनाएको छ। बालकको मृत्युपछि बालकका आफन्त र सर्वसाधारण चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित बनेका थिए।

आक्रोशित भीडलाई नियन्त्रणमा लिने क्रममा बिहीबार साँझ प्रहरीले सामाजिक अभियन्ता अर्जुन भुसालसहित ६ जनालाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here