सरकारले विदेशबाट फर्किएका नेपालीले ल्याउने काँचो सुन तथा सुनको गहनाको सीमा बढाएको छ। अब भन्सार तिरेर २५ तोलासम्म सुनका गहना र एक सय ग्रामको काँचो सुन ल्याउन पाइने भएको हो। आर्थिक विधेयक २०७६ ले यस्तो व्यवस्था गरेको हो।
अब दुई सय ५० ग्रामसम्मका गहना ल्याउन पाइने छ। ५० ग्रामसम्म सुनका गहना ल्याउदा शुल्क लाग्दैन। थप एक सय ग्राम ल्याउदा प्रति दश ग्रामको सात हजार दुई सय रुपैयाँ लाग्छ। बाँकी एक सय ग्रामको ९ हजार रुपैयाँ लाग्नेछ।