सिन्धुली– स्कुल बसको झ्यालबाट टाउको निकाल्दा बाटोछेउको बोर्डमा टाउको ठोकिएर १४ वर्षीय बालकको मृत्यु भएको छ । बुधबार स्कुल छुटेर घर फर्कने क्रममा प्रगतिशील माध्यमिक विद्यालय रातामाटामा कक्षा ९ मा अध्ययनरत रमिस श्रेष्ठको ज्यान गएको हो ।
प्रहरीका अनुसार रमिस श्रेष्ठले बसको झ्यालबाट टाउको बाहिर निकालिएको अवस्थामा भोटेखोला लेखेको बोर्डमा टाउको ठोक्किँदा टाउकोमा गम्भीर चोट लागी घटनास्थलमै मृत्यु भएको हो । घटनापछि बस प्रहरीको नियन्त्रणमा रहेको छ ।