वर्षाको ‘बिगार’ शुरु, विभिन्न स्थानमा ६ को मृत्यु, सात जना बेपत्ता

काठमाडौं : निरन्तरको भारी वर्षाका कारण बाढी र पहिरोमा परि देशभर ६ जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता छन्।६ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। काभ्रेमा दुई, सिन्धुली , पर्सा, ललितपुर र रामेछापमा एक/एक जनाको ज्यान गएको छ। खोटाङमा तीन जना बेपत्ता छन्।

देशका विभिन्न जिल्लामा सातजना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पहिरोले घर भत्किँदा काभ्रेमा दुई जनाको मृत्यु भएको छ । बनेपा नगरपालिका–३ मा रहेको रामप्रसाद दंगालको घर भत्किँदा उनकी पत्नी गोमा दंगाल र सात वर्षीया नातिनी सोहनी दंगालको मृत्यु भएको हो । 

खोटाङको खोटेहाङ गाउँपालिका–३ साँवाकटहरेको बाघपच्याङमा विष्णु राईको घर पुरिँदा उनकी पत्नी रेखा र चार वर्षीय तथा डेढ वर्षीय छोरा समेत तीनजना बेपत्ता भएका छन् । महोत्तरीको बलवा नगरपालिका–२ बदियामा घाँस काट्न जाने क्रममा खोला तर्दा ७० वर्षीय हमिद मिया बेपत्ता भएका छन् । पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ बस्ने ९ वर्षीय दिवन राई विद्यालय जाने क्रममा नुवाखोला गर्न खोज्दा बेपत्ता भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here