त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फेरि दैनिक ७ घण्टा बन्द हुने

काठमाडौ । आज आइतबारदेखि लागु हुने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सात घण्टा बन्द हुने भएको छ । विमानस्थलको स्तरोन्नतीको दोस्रो चरणको काम अघि बढाउन विमानस्थल बन्द गर्न लागिएको जनाइएको छ । निर्माणका लागि राति ११ बजेदेखि बिहान साढे ६ बजे सम्म बन्द गर्न लागिएको विमानस्थल कार्यालयले जनाएको छ । 

पहिलो चरणमा विमानस्थालको धावनमार्गको स्तरोन्नती गरिएको थियो । त्यसको करिब ९५ प्रतिशत काम पूरा भएको र दोस्रो चरणमा ट्याक्सी वे र लिंक रोड निर्माणको काम हुने जनाइएको छ । विमानस्थल सात घण्टा बन्द गरिने भए पनि नेपाल वायुसेवा निगमको ओसाका उडानलाई त्यसले असर नगर्ने जनाइएको छ । राति साढे २ बजे ओसाका उडानका क्रममा आधा घण्टा विमानस्थलको काम रोकिने विमानस्थल कार्यालयले जनाएको छ । सो समयमा पर्ने अन्य उडानको कार्यतालिका भने सामान्य हेरफेर हुन सक्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here