मुलुकभर मनसुन सहित वर्षाको सम्भावना, यस्तो छ मौसमको तालिका

काठमाडौं, ३१ भदौं– मौसम पूर्वानुमान महाशाखाले आज देशैभरी बदली रही पानी पर्ने जनाएको छ।

मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेका कारण आज मुलुकभर सामान्यदेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि झरी परेको छ । यो क्रम दिउँसोसम्म जारी रहने महाशाखाले जनाएको छ ।

मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा हुँदा र पुर्वी भाग औसत स्थान भन्दा थोरै उत्तर तर्फ हुनुका साथै भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा एउटा निम्न चापीय प्रणाली अवस्थित भएकाले देशभर सामान्य बर्षा हुने छ ।

देशका केही स्थानहरुमा मेघ गर्जन–चट्टयांग सहितको वर्षा हुने साथै मध्य तथा पूर्वी भु–भागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना भएकोले पहिरो जान सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुँदा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आजको मौसम

दिउँसोः देशभरी सामान्य बदली रही मध्य र पूर्वी भूभागका धेरै स्थानमा तथा पश्चिमका केही स्थानहरुमा मेघ गर्जन–चट्टयांङ सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। देशका मध्य तथा पश्चिमी भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ। 

बुधबारः देशभरी सामान्य बदली रही मध्य भूभागका धेरै स्थानमा र देशका बाँकी भू–भागहका केही स्थानहरुमा मेघ गर्जन–चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। देशका मध्य तथा पश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। देशभर पूर्ण बदली रही मध्य तथा पुर्वका धेरै स्थानहरुमा र पश्चिमका केही स्थानहरुमा मेघ गर्जन–चट्टयांग सहित मध्यम वर्षा हुनेछ। देशका मध्य तथा पश्चिमका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

बिहीबारः दिउँसो देशभरी सामान्य देखि आंशिक बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। राती देशभरी सामान्य देखि आंशिक बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने जल तथा पुर्वानुमान महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here