सिंहदरबार भित्रै संसद् भवनको शिलान्यास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारभित्र रहेको पुतली बगैंचामा संघीय संसद् भवनको शिलान्यास गरेका छन् । बुधबार प्रधानमन्त्री ओलीले भवन निर्माणस्थलमा पूजापाठसहित भवनको शिलान्यास गरेका हुन् । 

झमझम पानी परिरहेका बेला प्रधानमन्त्री ओली छाता ओढेर पुतली बगैंचा आइपुगेका थिए । प्रधानमन्त्रीसहित प्रतिनिधिसभाका सभामुख  कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना र नेकपाका उपनेता,पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ पनि शिलान्यासमा पुगेका थिए ।

संघीय संसद् भवन निर्माणको काम तीन वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य छ । भवन निर्माणमा भ्याटबाहेक ७ अर्ब रुपैयाँ लाग्नेछ । आफ्नै भवन नहुँदा हाल संघीय संसद् भवन भाडामा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here