अमेरिकासँग वार्ताका लागि तालिबान खुला

काबुल अफगानिस्तानमा युद्धरत समूह तालिबानका राजनीतिक प्रतिनिधिले अमेरिकासँग वार्ताको ढोका अझै बन्द नभइसकेको बताएका छन् ।तालिबानसँगको वार्ताका मध्यस्थकर्ता शेर मोहम्मद अब्बास स्टानिकजाईले अमेरिकासँग वार्ताको ढोका अझै खुला रहेको बताएका हुन् । बीबीसीलाई दिएको प्रतिक्रियामा स्टानिक्जाईले अमेरिकासँगको वार्ताका क्रममा हजारौं तालिबानीको हत्या गरेको अमेरिकी प्रतिनिधिहरुले नै स्वीकार गरेको बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबान र अफगान नेताहरुसँग क्याम्प डेभिडमा सेप्टेम्बर ११ अघि आयोजना गर्न खोजिएको गोप्य बैठक रद्द गरेको घोषणा गरेका थिए । तालिबानको आक्रमणमा अमेरिकी सैनिक मारिएपछि ट्रम्पले तालिबानसँग वार्ता रद्द गरेका हुन् ।अफगानिस्तानमा राष्ट्रपतिको चुनाव हुने तयारी भइरहेकाले पनि आगामी दिनमा निकै बढी हिंसाका घटना हुने अनुमान गरिएका छन् ।अफगानिस्तानमा आगामी सेप्टेम्बर २८ मा राष्ट्रपतिको चुनाव हुँदैछ । यो चुनावलाई तालिबान समूहले बहिस्कार गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here