जनकपुर । सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ मिथिलाञ्चल क्षेत्रमा नहा खा गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ ।व्रत बस्नुअघि आजको दिन महिलाले घिरौँलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई प्रसाद चढाई चिउरा, दही र अमोट खान्छन् । शनिबार बिहान ४ बजेदेखि निराहार उपवास बसी आइतबार साँझ व्रत सम्पन्न गर्नेछन् । जितिया पर्वको मुख्य उद्देश्य मोक्ष प्राप्तिको कामनासँगै परिवारको कल्याण पनि रहेको मान्यता छ ।तीनदिनसम्म चोखो एवम पवित्र भएर मनाइने यो पर्वको पहिलो दिन शुक्रबार ‘नहाय खाय’ अर्थात् चोखो भएर पर्वको सुरुवात गरिन्छ ।
त्यस्तै, शुक्रबार राति मिष्ठान परिकार बनाएर न दर खाइन्छ । पर्वको मुख्य दिन शनिबार निराहार व्रत बस्ने गरिन्छ । जितिया पर्वमा जितवाहन भगवानको व्रत तथा उपासना गर्ने गरिन्छ ।