तीन महिने ट्राफिक उज्यालो अभियान शुुरु : एक लाखलाई सचेतना दिइने

काठमाडौं । समुदाय-प्रहरी साझेदारीअन्तर्गत तीन महिने ‘ट्राफिक उज्यालो अभियान’ सुरु भएको छ । मंगलबारबाट महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले अभियान सुरु गरेको हो । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जनचेतनाको निम्ति सडक सुरक्षा कार्यक्रम एजेण्डाको रुपमा रहेको चर्चा गर्दै यस अभियान कार्यान्वयनको लागि सरोकारवाला निकायहरुको सहकार्य आवश्यक रहेको बताए । उनले मानविय त्रुटिमा कमी ल्याई सवारी दुर्घटनामा न्यूनीकरण गर्न अभियान सफल बनाउनुपर्नेमा जोड दिए ।

महानगरीय ट्राफिक प्रहरी माहाशाखाको आयोजना र सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको उपस्थितिमा सडक प्रयोगकर्ता, पैदलयात्री, चालकरसहचालक, स्कुल र कलेजका विद्यार्थीहरुको सहकार्य र सक्रिय सहभागितामा ट्राफिक नियम सम्बन्धी चेतना अभिवृद्धि ट्राफिक व्यवस्थापनलाई सुधार गर्ने उद्देश्यले अभियान सुरु गरिएको हो ।

ट्राफिक सचेतना अवधारणालाई आमनागरिकसम्म पुर्‍याउने, ट्राफिक नियम पालना तथा सडक अनुशासन विषयलाई स्वत: आम प्रवृत्तिको रुपमा विकास गर्ने, सडक प्रयोगकर्ताहरुसँगको सम्बन्ध, सहयोग र सहकार्य अझै बढाउने, सडक दुर्घटनालाई न्यूनीकरण गर्ने कार्यक्रमको लक्ष्य छ । 
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here