शितलहर, वर्षा र हिमपातको संभावना

अबको केही दिन नेपालको उच्च पहाडी क्षेत्रमा हिमपात र तराई मधेशमा शितलरको संभावना रहेको मौसम विज्ञान विभागले अनुमान गरेको छ । विभागले तीन दिने पूर्वानुमान बुलेटिन जारी गर्दै तराई मधेशका जिल्लाहरुमा हुस्सु र शितलहरको संभावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले मंगलबार राति पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपात हुन सक्ने अनुमान गरेको छ ।

बुधबार दिनभर आंशिक देखि सामान्य बदली रहि पश्चिमी तथा पूर्वी पहाडी जिल्लाहरुमा वर्षाको संभावना रहेको छ । राति भने हिमाली भूभागमा हल्का हिमपातको संभावना छ । बिहीबार पनि देशभर वर्षा र हिमपातको संभावना रहेको विभागले जनाएको छ । मौसममा आउने बदलीसँगै चिसो बढ्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here