नेपाल सहित दक्षिण एसियामा नै खतराको घण्टी

काठमाडौं । दक्षिण एसियाली मुलुकहरुको छिमेकी चीनबाट सुरु भएको कोरोना भाइरसको असर दक्षिण एसियामा तिब्र बन्दै गएको छ । कोरोना संक्रमणका कारण दक्षिण एसियाली मुलुकहरूमा हालसम्म ३८ जनाको ज्यान गएको छ । भारतमा बिहिबार एकैदिन ८ जनाको मृत्यु भएपछि कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या सबैभन्दा बढी अर्थात २० पुगेको हो ।

 त्यहाँ अहिलेसम्‍म ७७५ जनामा संक्रमण देखिएको छ। यस्तै, पाकिस्तानमा ९ जनाको ज्यान गएको छ भने दक्षिण एसियाली मुलुकहरूमध्येमै सबैभन्दा धेरे संक्रमित भेटिएका छन्‌ । पाकिस्तानमा कोरोनाबाट अहिलेसम्म १,२५२ जना संक्रमित भएका छन्‌ । बंगलादेश मानवीय क्षतिको संख्या गणनाका हिसाबले तेस्रो स्थानमा छ। त्यहाँ कोरोना संक्रमित पाँच जनाको ज्यान गएको छ भने ४८ जना संक्रमित भेटिएका छन्‌।

अफगानिस्तानमा संक्रमणका कारण चार जनाले ज्यान गुमाएका छन्‌ भने ९४ जना संक्रमित भएका छन्‌। श्रीलङ्का, माल्दिभ्स, भुटान र नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मानवीय हताहती भएको छैन। अहिलेसम्म श्रीलङ्कामा १०६, माल्दिभ्समा १४, नेपालमा तीन र भुटानमा दुई जना संक्रमित भेटिएका छन्‌ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here