केन्द्रीय तथ्यांक विभागले भन्यो चालु वर्षमा आर्थिक वृद्धिदर २.२७ प्रतिशत मात्र

केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशत (स्थिर मूल्यमा) हुने प्रक्षेपण गरेको छ। यससँगै नेपालको अर्थतन्त्रको आकार ३७ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको विभागले जनाएको छ। कूल गार्हस्थ उत्पादनको ५८.०८ प्रतिशत हिस्सा ओगट्ने सेवा क्षेत्रको वृद्धिदर १.९९ प्रतिशत हुने अनुमान विभागको छ। कूल गार्हस्थ उत्पादनमा २८.२ प्रतिशत हिस्सा ओगट्ने प्राथमिक क्षेत्रको वृद्धिदर गत वर्षभन्दा न्यून हुने विभागको प्रक्षेपण छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here