भारतमा लकडाउन दुई साता बढेको छ । भारतको गृहमन्त्रालयले जारी लकडाउन दुई साता बढाउने घोषणा गरेको हो । अहिले ३ मे सम्म जारी लकडाउन अब १७ मे सम्म जारी रहने भएको छ । लकडाउन बढाएको घोषणा सँगै केहि छुट समेत दिएको घोषणा गरेको छ । कोरोना प्रभावित राज्यका अधारमा रेड, ओरेन्ज र ग्रीन जोन बर्गिकरण गरेर सरकारले छुट दिने भएको छ । रेड जोनमा पूर्ण लकडाउन हुने छ ग्रीन जोनमा लकडाउन केहि खुकुलो हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।