नेपालमा एकै दिन थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जका १७ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा वीरगञ्जका थप १७ मा कोरोना पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।
त्यसैगरी देवकोटाले कोरोना संक्रमण भएर ठिक भएका तीन जनामा पुनः परीक्षण गर्दा पोजेटिभ नतिजा आएको जानकारी दिए । रौतहट, पर्सा र काठमाडौका एक एक जनामा पुनः परीक्षण गर्दा कोरोना संक्रमण देखिएको देवकोटाले जानकारी दिए । देवकाेटाका अनुसार आज संक्रमण पुष्टि भएकामा दुई महिनाकाे बच्चादेखि ६६ वर्ष उमेर समूहका छन् ।