काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । भारतिय स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार बिहानसम्म भारतमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २ हजार १ सय ० जना पुगेको छ भने कोरोना संक्रमितको संख्या ४१ हजार ४ सय ७२ पुगेको छ ।
त्यस्तै १९ हजार ३ सय ५७ जना कोरोना संक्रमित बिरामी निको भइ घर फर्किएका छन् । कोरोनाको प्रभाव महाराष्ट्र, दिल्ली, गुजरात, तामिलनाडु, राजस्थान लगायतमा बढी परेको छ ।महाराष्ट्रमा मात्रै हालसम्म कोरोनाबाट ७ सय ७९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २० हजार २ सय २८ पुगेको छ ।
त्यस्तै कोरोनाको संक्रमणबाट दिल्लीमा ७३ जनाको मृत्यु भएको छ भने सक्रमितको संख्या ६ हजार ५ सय ४२ पुगेको छ ।त्यस्तै गुजरातमा कोरोनाबाट ७ हजार ७ सय ९६ जना संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ४ सय ७२ पुगेको छ ।