नेपाली भूमि मिचेर लिपुलेक क्षेत्रमा भारतले सडक बनाएको विरोधमा राजधानी काठमाडौमा दिउँसै प्रदर्शन भएको छ । प्रर्दशनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ । उक्त क्रममा प्रहरीले ३० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राष्ट्रिय सीमा रक्षा अभियानका अभियन्ता बताउनेहरु छन् ।
काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले पक्राउ परेकाहरुलाई नगर प्रहरी कार्यालय, भृकुटीमण्डपमा पठाइएको बताए । उनले भने, ‘पक्राउ पर्नेहरुको स्क्रिनिङ गरिरहेका छौं ।’ ज्ञवालीका अनुसार लकडाउनको समयमा भिड जम्मा गरेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको हो । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् ।