आज २१० जनामा कोरोना पुष्टि

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या १९ हजार २७३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको पीसीआर परीक्षण गरिएको छ। हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा रहेका व्यक्तिको संख्या १४ हजार ४७१ रहेको छ। मन्त्रालयका अनुसार हाल देशभर ५ हजार २६० जना सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा १४६ डिस्चार्ज जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार आजसम्म १४ हजार २१ डिस्चार्ज भएका छन्। हालसम्म देशभर ३ लाख ५८ हजार ३४४ जनाको पीसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। यस्तै हालसम्म ३ लाख १२ हजार ४०२ जनाको आरडीटी परीक्षण गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here