काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ३८१ जनामा कोरोना पुष्टि भएको छ। योसहित हालसम्म कोरोना पुष्टि हुनेको कुल संख्या २१ हजार ३९० पुगेको छ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ६ हजार ३५९ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। हालसम्म नेपालमा ४ लाख १२ हजार ९५३ जनाको पीसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
हाल देशभर क्वारेनिटानमा रहेका व्यक्तिको संख्या ९ हजार ९२५ रहेको छ। पछिल्लो २४ घण्टामा देशभरबाट १३० जना डिस्चार्ज भएका छन्। हालसम्म १५ हजार १५६ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हालसम्म नेपालमा कोरोनाबाट ६० जनाको मृत्यु भइसकेको छ।