उदयपुरमा १५ जनामा कोरोना संक्रमण

२७ साउन । पछिल्लो २४ घण्टामा उदयपुरमा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्ययालय उदयपुरका प्रमुख मोहन सुवेदीले त्रियुगा नगरपालिकाम ८ र बेलका नगरपालिकामा ७ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका छन् । संक्रमितहरुमध्ये ६ जना मालपोत कार्यालयका कर्मचार र दुई जना उनीहरुका परिवारका सदस्य रहेको र ६ जना एकै परिवारका रहेको प्रमुख सुवेदीले जानकारी दिए । उनले संक्रमितहरु स्थानीय नै रहेको र संक्रमितको सम्पर्क बाहिर रहेको व्यक्ति भएको बताएका छन् । ‘मालपोतका ६ र एकैपरिवार ६ सहित थप १५ जनामा कोरोना पुष्टि भएको छ’, सुवेदीले भने, ‘क्वारेन्टिन व्यवस्थित नगर्दा थप संक्रमणको जोखिम बढ्यो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here