उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण

काठमाडौंमा थप  १३८ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयले आज गरेको नियमित प्रेस व्रिफिङमा पछिल्लो २४ घण्टामा काठमाडौ, ललितपुर र भक्तपुरमा गरी  १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १०९ जना,  ललितपुरमा २१ जना र भक्तपुरमा ८ जना कोरोना संक्रमित देखिएका हुन्। मुलुकभर भने २४ घन्टामा ४ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here