५५५ जना संक्रमित थपिए काठमाडौंमा

काठमाडौं– पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्र ५५५ जना कोरोना संक्रमित थपिएका छन्। त्यसैगरी ललितपुरमा ३५ जना र भक्तपुरमा ८६ जना संक्रमित थपिएका छन्। हिजाे उपत्यकामा ५१२ जना संक्रमित थपिएका थिए।  आज देशभर १४ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। आजको दिनमा सक्रिय संक्रमित १५ हजार ७७९ जना छन्। देशभरका संस्थागत आइसोलेसनमा ८ हजार १३९ जना छन् भने होम आइसोलेसनमा ७ हजार ६४० जना छन्। पछिल्लो २४ घण्टामा १ हजार ६२ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here