उपत्यकामा एकै दिन थपिए १,५९९ संक्रमित

१८ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप एक हजार ५९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  योसँगै उपत्यकामा कोरोनाबाट संक्रमित हुनेको संख्या २९ हजार ५१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार काठमाडौंमा १३७३, भक्तपुरमा ३९ र ललितपुरमा १८७ संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थपिएका दुई हजार २५३ जना कोरोना संक्रमितमध्य काठमाडौं उपत्यकाका एक हजार ५९९ जना हुन् । योसहित नेपालमा कोरोना भाइरसका सङ्क्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ७८४ जनाको नमुना परीक्षण गर्दा दुई हजार २५३ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै गएको २४ घण्टामा एक हजार ३२९ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ६४ हजार ६९ पुगेको छ । अब नेपालमा २२ हजार २१९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा छन् । यस्तै चार हजार २०३ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा सात जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ५५३ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here