१२ वर्षीया बालिका बलात्कृत

२९ असार । १२ वर्षीया बालिकालाई चार जना बालकले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ ।

बालिकालाई १७, १५, १७ र १२ वर्षीय बालकहरूले सामुहिक बलात्कार गरेको भन्दै परेको उजुरी इलाका प्रहरी कार्यालय कञ्चनरुपले असार २५ गते दर्ता गरेको हो ।

पीडितकी आमाले असार २४ गते दिएको उजुरी र पीडित बालिकाको बयानपछि पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सोही दिन स्वास्थ्य परीक्षण गरी उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय, कञ्चनरुपका डिएसपी मकेन्द्रकुमार मिश्राले जानकारी दिएका छन् । चारै जना आरोपितहरू फरार रहेकोले खोजी कार्य भइरहेको डिएसपी मिश्राले बताएका छन् ।

आरोपितहरू गाउँटोलकै भएको र त्यसमध्ये एक जना पारिवारिक सदस्यभित्रको नातामा दाजु पर्ने व्यक्ति भएकाले गाउँमै मिलाउने भन्दै दबाब आएपछि समयमै निर्णय गर्न नसक्दा प्रहरी समक्ष उजुरी गर्न ढिलो भएको पीडितकी आमाले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here