जनकपुर:- धनुषा प्रहरीको विशेष टालीले धनुषाको विभिन्न ठाँउबाट चोरीका ६ वटा मोटरसाइकलसहित पाँच जनलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ११ बस्ने असलम राइन, वडा नं. ४ बस्ने दीपकुमार महतो, वडा नं. ७ बस्ने सञ्जीवकुमार साह, १ बस्ने अरविन्दकुमार साह र धनुषाकै धनौजी गाउँपालिका वडा नं. १ बस्ने हसिबुल नदाफ रहेका छन् ।
उनीहरूको साथबाट प्रहरीले ज. ९ प. ४६१८ नम्बरको सुपर स्पलेण्डर, ना. ३५ प. ५९२० नं. को बुलेट, बा ७८ प ११८४ नं को बजाज डिस्कभर ,ज. ११ प. ६०८९ नं. को हिरो एचिभर आईएसओ, ज.१ प. ८२ ९५ हिरो होण्डा स्पलेण्डर र ज. १३ प. १५१७ नं. को मोटरसाईकल बरामद गरेकाे छ।
पक्राउ परेको सबैजनालाई जिल्ला अदालत धनुषाबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ।