घुससहित तीन जना पक्राउ, १९ लाख बरामद

सिरहा । सडक डिभिजन कार्यालय सिरहाका तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

कार्यालय प्रमुख विनोद शाह ३ लाख, इन्जिनियर नविनकुमार साह र सबइन्जिनियर विरेन्द्र कुमार साहलाई १५ लाख ९६ हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दीबास कार्यालयले शुक्रवार राति पक्राउ गरेको हो ।

उनीहरुले निर्माण व्यवसायीसँग सडक निर्माण कालोपत्रेको कामका लागि कमिशन स्वरुप रकम माग गरेको उजुरी परेपछि अख्तियारले स्टिङ अपरेशन गरेको थियो ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here