ललितपुरको महालक्ष्मी नगरपालिकाको चोकमै १८ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । नगरपालिकाको वडा नम्बर ९ स्थित लामाटारचोकमा किशोरी बलत्कृत भएकी हुन् ।
किशोरीलाई सामूहिक बलात्कार गर्ने दाङको दङगिशरण गाउँपालिका वडा नम्बर ३ घर भई ललितपुर महालक्ष्मी नगरपालिका नम्बर ८ लुभु बस्ने २८ वर्षीय प्रकाश चौधरी र त्यही ठाउँका निरज चौधरी पक्राउ परेका छन् ।
प्रहरीले उनीहरुलाई बुधबार बिहान पक्राउ गरेको हो । उनीहरुले किशोरीलाई शनिबर साँझ लामाटार चोकस्थित खाली जग्गामा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।