लकडाउनमा पसल खोल्न लगाई व्यापारीको हत्या

बझाङ  जिल्लाको तल्कोट गाउँपालिका वडा नम्बर १ का व्यापारी ७६ वर्षिय डबल बहादुर कुँवरको अज्ञात समूहले हत्या गरेको छ । मंगलबार राती पसल बन्द गरेर सुतेका कुँवरलाई सामान किन्ने काम छ भन्दै पसल खोल्न लगाइ काठले टाउकोमा हिर्काएर हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार टाउकोमा गम्भीर चोट लागेको उनी बुधबार बिहान मृत अवस्थामा भेटिएका थिए । हत्यापछि उनको पसलबाट एक डण्डा चुरोट लगायत अन्य सामग्री पनि चोरी भएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेतमा राखिएकोे छ ।

सुतेका उनलाई समान किन्ने निहुँमा पसल खोल्न लगाई काठले पटक पटक टाउँकोमा हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बझाङका इन्स्पेक्टर नेत्र बोहराले बताएका छन् । शंकास्पद २ जनालाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको जनाएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here