बुबाको हत्या गर्ने छोरी पक्राउ

६ जेठ । बुबाको हत्या गरी फरार रहेकी सुष्मा राईलाई प्रहरीले पक्राउ गरेको छ । ५२ वर्षीय बुबा फुलबहादुरलाई गए राति हत्या गरी फरार रहेकी छोरीलाई नजिकैको जङ्गलबाट प्रहरीले पक्राउ गरेको हो ।

इलाम सन्दकपुर गाउँपालिका–३ स्थायी घर भइ माइत देउमाई नगरपालिका–६ शान्तिडाँडामा बसोबास गर्दै आएकी सुष्माले घरायसी निहुँमा बुबाको हत्या गरेको बताइएको छ । सुष्माले बुबालाई टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेर फरार रहेकी थिइन् ।

उनका अनुसार रातको समयमा झगडा हुँदा छोरीले नै हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । घरमा जेठी छोरी सुष्मा साथै उनका बुबा र आमा मात्र रहेको अवस्थामा राति खाना खाइसकेपछि पनि झगडा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here